अन्तर्राष्ट्रिय

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’



चीन, १७ भदौ
चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) सदस्य राष्ट्रले गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यको सोमबार कडा निन्दा गरेको छ ।चीनको उत्तरी शहर थ्यानचिनमा शिखर सम्मेलन (एससीओ) पछि जारी विज्ञप्तिमा गत जुनमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको जनाएको छ ।
“सदस्य राष्ट्रहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्व बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। सङ्गठन गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यहरूको कडा निन्दा गर्दछ र स्थायी युद्धविराम र निर्बाध मानवीय सहायताका लागि आह्वान गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जुन २०२५ मा इरानमाथि इजरायली र अमेरिकी सैन्य आक्रमणले असैनिक आणविक संरचनालाई लक्षित गरी भएको हताहती अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरेको छ ।”

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६