ब्रेकिंग न्युज

करिब ४ करोड रकम सहित गोंगबुबाट पक्राउ परेका मिटरब्याजी श्रेष्ठ



काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई करिब चार करोड रुपैयाँसहित पक्राउ गरिएको छ।
प्रहरीले श्रेष्ठ मिटरब्याजी रहेको र सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको दाबी गरेको छ।
बरामद रकम ३ करोड ७५ लाख रुपैयाँ रहेको र सुनको तौल तथा जाँच गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
१७ भदौ, काठमाडौं। आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।
उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदने गरेको देखिन्छ ।’
७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेका थिए । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ ।
त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । सुनको जाँच गर्न र तौल गर्न बाँकी रहेको प्रहरीले बताएको छ ।
ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ।

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६