ब्रेकिंग न्युज

फलेवासमा ‘गाउँघर क्लिनिक’ एकैसाथ निर्माण सुरु



पर्वत, १८ भदौ
बालबालिका र गर्भवतीलाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले फलेवास नगरपालिकामा एकैसाथ तीनवटा गाउँघर क्लिनिक निर्माण सुरु भएको छ ।स्वास्थ्य चौकी र अस्पतालको पहुँचबाट टाढा रहेका बासिन्दालाई दृष्टिगत गरी फलेवास–७ लिमिठानामा तीनवटा गाउँघर क्लिनिकका भवन शिलान्यास गरिएका हुन् । फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले दुईवटा र उपप्रमुख शोभाकुमारी क्षेत्रीले एउटा भवनको मङ्गलवार शिलान्यास गर्नुभएको छ ।गुड नेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा नवचेतना सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा रु४३ लाख लागतमा तीनवटै भवन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न हुने भएका छन् ।लिमिठानाका थाङ्ने, सिमलचौर र चिर्दिखोलामा भवन निर्माणका लागि एउटा मूल तथा तीनवटा स्थानीय उपभोक्ता समिति गठन गरिएको छ । तीन महिनामासमितिले भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने कार्ययोजना छ । गाउँघर क्लिनिकको भवन निर्माण भएर सेवा सुरु भएपछि ससाना बालबालिका बोकेर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने यहाँका महिलाको बाध्यता हट्ने उपप्रमुख क्षत्रीले बताउनुभयो । वडा नं ७ को तीनधारेमा स्वास्थ्यचौकी भवन भए पनि अपायक र टाढा पर्ने भएकाले छरिएर रहेका वडाका महिला तथा बालबालिकाले गाउँघर क्लिनिकबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने उहाँ बताउनुहुन्छ ।गाउँघर क्लिनिकबाट मासिक रूपमा बालबालिकालाई प्रदान गरिने खोप, गर्भवतीको स्वास्थ्य जाँचका साथै निःशुल्क भिडियो एक्सरे सेवा र बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तर्गत वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख तिवारीले बताउनुभयो ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६