जीवनशैली

लुम्बिनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने तयारी



प्रेसपाटी डेक्स, भदौ १९


लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी तथा सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने तयारी भइरहेको छ। ‘सहयोगापेक्षी, सडकमा आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण हाम्रो अभियान’ अन्तर्गत कपिलवस्तुमा बुधबार सचेतना कार्यक्रम सम्पन्न भएको हो। जिल्ला समन्वय समिति, कपिलवस्तुको समन्वयमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जेष्ठ नागरिक, दशवटा पालिकाका प्रमुख–उपप्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो।
‘जसका कोही हुँदैन, जसको केही हुँदैन, उनैको सेवामा समर्पित’ भन्ने मूल नारासहित मानव सेवा आश्रम, मकवानपुर–हेटौडाले अभियानको नेतृत्व गरिरहेको छ। तथ्यांकअनुसार कपिलवस्तु जिल्लाबाट मात्र ८९ जना आश्रममा आश्रित रहेका छन्। तथ्यांक विवरण अनुसार —कपिलवस्तु नगरपालिका १६, बुद्धभूमि नगरपालिका ८, शिवराज नगरपालिका ३४, कृष्णनगर नगरपालिका ५, बाणगंगा नगरपालिका २०, मायादेवी गाउँपालिका २, शुद्धोधन गाउँपालिका १, विजयनगर गाउँपालिका ३, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, नेकपा एसका राम पौडेल, बाणगंगा नगरप्रमुख चक्रपाणी अर्याल, शिवराज नगरप्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी चौधरी लगायतले शुभकामना दिँदै अभियानमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको बाणगंगा नगरपालिकाका उपसचिव खिम बहादुर जिसीले जानकारी दिनु भयो ।

प्रकाशित : १८ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६