ब्रेकिंग न्युज

बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम



भद्रपुर (झापा), १९ भदौ
गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम बुधबार बिर्तामोडमा सम्पन्न भएको छ ।नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन(आईएसओ) प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो ।विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवाबारे जानकारी दिनुभएको थियो ।कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आइएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र विभागका सेवाबारे जिज्ञासा राखेका थिए ।त्यस अवसरमा नापतौल, ढकतराजु, उपभोक्ताको अधिकार र स्वदेशी उत्पादनको अन्तरराष्ट्रिय बजारमा बजारीकरणबारे पनि जानकारी दिइएको थियो ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६