डेक्स, भदौ १९
पिपरा अस्पतालले छिट्टै थप विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ। अस्पताल व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो। नगर प्रमुख एवम् समितिका अध्यक्ष चक्रपाणी अर्यालको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरी, बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर जिसी, अस्पताल मेसु डा. सरस्वती भट्टराई तथा अन्य सदस्यहरूको सहभागिता रहेको थियो। नगर प्रवक्ता विष्णु प्रसाद पौडेलका अनुसार सेवाको विस्तारसँगै नागरिकलाई थप स्वास्थ्य सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया