घरेलु महासंघको पहलमा निर्णय
देउखुरी, भाद्र १९
उद्योगीहरूले भन्सारमा तिर्नुपर्ने ३ लाख रुपैयाँ धरौटीसहितको एक्जिम कोड सरकारले यस वर्षदेखि हटाउने निर्णय गरेको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको पहल र निरन्तर दबाबपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको महासंघले दाबी गरेको छ।
देउखुरीमा सम्पन्न वैठकपछि महासंघले जानकारी दिँदै विगत ७ वर्षदेखि निरन्तर यो माग राख्दै आएको उल्लेख गरेको छ। सो मागको नेतृत्व महासंघका केन्द्रीय सदस्य कनैयालाल कसौधनले गर्दै आएको दाबी गरिएको छ।








प्रतिक्रिया