काठमाडौँ, २० भदौ
‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदैछ ।यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले हरेक प्रकारको मानव बेचबिखन विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।“मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो, यो सामाजिक रुपमा निन्दनीय, कानुनी रुपमा दण्डनीय छ । समाजको कलङ्कको रुपमा रहेको यस जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नका साथै मानव बेचबिखन तथा ओसारपसार पीडित तथा प्रभावितहरूको उद्धार, पुनःस्थापना, मनोपरामर्श सेवा तथा कानुनी उपचारका लागि नेपाल सरकारद्वारा विभिन्न कानुनी संरचनागत र संस्थागत प्रयास भइरहेका छन्”, सन्देशमा मन्त्री सुडीले भन्नुभएको छ ।
२० भाद्र २०८२, शुक्रबार








प्रतिक्रिया