देश

संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ– सभामुख घिमिरे



पाटन (ललितपुर), २१ भदौः

सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको बताउनुभएको छ ।

डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलनमा उहाँले संसद् तथा समितिमा हुने गतिविधिका साथै सदस्यहरुका अभिव्यक्तिलाई ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, विधेयकसँग सम्बन्धित ‘डेटा’ शीघ्र पत्ता लगाउने तथा विश्लेषण गर्ने भएकाले एआई उपयोगी हुने बताउनुभयो ।

सभामुख घिमिरेले गलत सूचना, ‘ह्याकिङ’ र डेटा सुरक्षाको चुनौतीलाई दृष्टिगत गरी कृत्रिम बौद्धिकताको प्रयोग र नियमन गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी भइरहेको जानकारी दिनुभयो ।

“प्राविधिक र व्यावहारिक रूपले जटिल यस्ता विषयमा कानुन निर्माणमा संसद् वा सरकारको क्षमताले मात्र नपुग्न सक्छ, यसमा विषयगत विज्ञहरू, सरोकार भएकाहरूको पहलकदमी र सक्रिय सहभागिता जरूरी छ”, उहाँले गत साउनमा सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति स्वीकृत गरेको स्मरण गर्दै भन्नुभयो ।

प्रकाशित : २१ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६