ब्रेकिंग न्युज

गृहमन्त्रालयद्वारा दुःख व्यक्त



काठमाडौँ, २४ भदौः

गृह मन्त्रालयले जेनजी पुस्ताले सोमबार आह्वान गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र सोबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनमा विभिन्न स्वार्थ समूहबाट भएको घुसपैठका कारण थप हिंसात्मक घटना घट्न गई दुःखद् परिस्थिति सिर्जना भएको मन्त्रालयको प्रारम्भिक निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

परिस्थितीलाई स्वार्थसिद्धका लागि प्रयोग गर्ने व्यक्ति, समूहप्रति सचेत रहँदै यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउँदै शान्ति कायम राख्न मन्त्रालयले सबैमा आह्वान गरेको छ । 

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६