ब्रेकिंग न्युज

प्रधानमन्त्री कार्कीलाई नेता यादवको शुभकामना



ललितपुर (गोदावरी), २८ भदौः

प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त हुनुभएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गर्नुभएको छ ।

नेता यादवले आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ । 

साथै नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रकाशित : २८ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६