ब्रेकिंग न्युज

आन्दोलनमा ज्यान गुमाएका दुई युवकको दाहसंस्कार



राँझा (बाँके), २८ भदौः

‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको दाहसंस्कार गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो ।
सुलभराज र आयुषको शव शुक्रबार नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गत सोमबार निधन भएको हो । फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौँ गएका थिए भने सुलभराज काठमाडौँको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए ।

प्रकाशित : २८ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६