देश

बालबालिकामाथि हुने हिंसाको अन्त्य गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह



काठमाडौँ, २९ भदौः

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताउनुुभएको छ ।

“बालबालिकाहरू केबल भविष्यका कर्णाधार मात्र होइनन्, उनीहरू सभ्य र समुन्नत समाज तथा समृद्ध नेपालको आधारशिला पनि हुन्, उनीहरूलाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार तथा अनुशासित नागरिक बनाउन, उचित शिक्षा र सकारात्मक वातावरण प्रदान गर्नु अत्यावश्यक छ ।” उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो तथा सुनिश्चित भविष्य निर्माणको बलियो जग बन्ने उहाँको भनाइ छ ।

चिनियाँ दार्शनिक कन्फ्युसिएसको यो भनाइ स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “यदि तपाईंको योजना एक वर्षका लागि हो भने, धान रोप्नुहोस्, यदि तपाईंको योजना १० वर्षका लागि हो भने, रूख रोप्नुहोस् यदि तपाईंको योजना सय वर्षका लागि हो भने, बालबालिकालाई शिक्षित बनाउनुहोस् भन्ने भनाइ यस सन्दर्भमा मननीय रहेको छ ।”

उहाँले हाम्रो संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा उतार्दै ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको सुनिश्चित भविष्य निर्माण गर्ने हाम्रो अभियानलाई सबल र प्रभावकारी बनाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६