ब्रेकिंग न्युज

सुरक्षाका लागि टोल सुरक्षा समिति गठन



काठमाडौँ, २९ भदौ

कारागार तोडेर करिब १३ हजार बढी कैदीबन्दी भागेपछि असुरक्षाको वातावरण बनेको भन्दै गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा टोल सुरक्षा समिति गठन हुन थालेको छ । समिति गठन गरी गस्तीसमेत गर्न थालिएको वडा नं. ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाले नौ वटै वडामा नगर प्रहरीलाई गस्तीमा खटाएको छ । विशेषगरी रातको समयमा नगर प्रहरीलाई गस्तीमा खटाइएको उहाँले बताउनुभयो ।

वडा कार्यालयले सरोकारवालासँग सुरक्षा सम्बन्धमा छलफलसमेत सुरु गरेका छन् । प्रदर्शनकारीले जलाएका, बिगारेका, फुटाएका पोलका बत्ती र सिसी क्यामेरा अनुगमन गरी छिट्टै मर्मत सुरु गरिने उहाँले बताउनुभयो ।  

वडा कार्यालय, जोरपाटी स्वास्थ्य चौकी र जोरपाटी प्रहरी बिट रहेको भवनको सरसफाइ तथा प्रारम्भिक मर्मत पनि सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६