देश

भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन



दोधारा चाँदनी (कञ्चनपुर), ३० भदौ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला सेवा सञ्चालनमा आएपछि यहाँका स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । गाउँकै स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणसहितको सेवा पाएपछि यहाँका स्थानीयले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको हो ।

“गाउँमै प्रयोगशालासेवा सञ्चालन भएपछि हामीले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।” भीमदत्त नगरपालिका–१६ का स्थानीय जयन्ती सामन्तले भन्नुभयो,“विरामी हुँदा धेरै स्वास्थ्य परीक्षण त यही हुन्छ यसले यहाँका स्थानीयलाई धेरै राहत भएको छ ।” सहरी स्वास्थ्य केन्द्रले मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण गाउँमै उपलब्ध गराउँदै आएको छ । केन्द्रबाट ज्येष्ठ नागरिक र असहायलाई निःशुल्क सेवा समेत दिने गरिएको छ ।

गाउँ स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको स्वास्थ्यसेवा पाएपछि दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको यहाँका स्थानीय बताउँछन् । “वडामै स्वास्थ्य परीक्षण हुन थालेपछि यहाँका बिरामीले आठ किलोमिटर टाढा रहेको महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता हटेको छ ।” यहाँका स्थानीय मैनाबति चौधरीले भन्नुभयो–“बुढापाका र बालबालिकाका लागि एकदमै सहज भएको छ ।”

विसं २०६८ मा स्थापना भएको स्वास्थ्य केन्द्रले स्थापनाको समय परिवार नियोजन र गर्भवती जाँच लगायतका आधारभूत सेवा प्रदान गर्दै आएको भए तापनि २०७२ सालमा बर्थिङ सेवा विस्तार गरेको थियो ।

विसं २०७९ मा प्रयोगशाला सेवा सञ्चालन गरेर विभिन्न रोगको परीक्षण तथा बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालेको सहरी स्वास्थ्य केन्द्रका प्रमुख तोयराज भट्टले जानकारी दिनुभयो । “केन्द्रमा मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण हुँदै आएको छ ।” उहाँले भन्नुभयो“हामीले २४ घण्टा सेवा दिइरहेका छौँ, यहाँका स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्छन् ।” उहाँका अनुसार गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न असहायहरुलाई केन्द्रबाट निःशुल्क सेवा प्रदान हुदै आएको छ ।

 स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जनासम्म यहाँ उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । केन्द्रलाई भीमदत्त नगरपालिकाले आवश्यक औषधि नियमित रूपमा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६