ब्रेकिंग न्युज

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा



भोजपुर, ३० भदौः

धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका–५ सुप्लामा रहेको प्रसिद्ध चार ढुङ्गे सन्तानेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । दोस्रो हलेसीसमेत भनेर चिनिने यो स्थान प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, काली नाग, सेती नाग, सहस्श्र नाग, जलपा, पञ्चकोटी, झाक्री झाक्रिना, सिद्ध सिकारी, महारानी ठकुरारी, सिंहदेवी, शिलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेको मन्दिरका पूजारी प्रेमबहादुर खड्काले बताउनुभयो । यहाँ रामनवमी, तीज, शिवरात्रि, बालाचतुर्दशीलगायत अवसरमा भव्य मेलासमेत लाग्ने गरेको खड्काले जानकारी दिनुभयो ।

यो स्थानमा दर्शन गरेमा सन्तान प्राप्त हुने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । प्रसिद्ध धार्मिकस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको पूजारी खड्काले बताउनुभयो । “चार ढुङ्गे सन्तानेश्वर महादेव धेरै मासिनको अस्थाको केन्द्र हो” उहाँले भन्नुभयो,“यो देवस्थललाई हलेसीको दोस्रो रुपमामसेत लिइन्छ ।

यहाँ दर्शन गरेमा सन्तान प्राप्त हुने तथा चिताएको पुग्ने धार्मिक विश्वास छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचार अभावमा ओझेलमा छ ।” पछिल्लो समयमा यो स्थानको संरक्षणमा स्थानीय सरकारसँगै स्थानीयवासी जुटेका छन् । प्रसिद्ध धार्मिकस्थल रहेकोले यो स्थानको प्रचारप्रसारसँगै मन्दिरको विकास तथा थप जग्गा व्यवस्थापन गर्न स्थानीय जुटेका छन् ।

पौवादुङका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले वडा नं १ तिलाहार रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुणडाँडा, सन्तानेश्वर महादेव, च्याङ्ग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

पर्यटनमार्फत यी क्षेत्रलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्ने सोच रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“कतिपय क्षेत्रको संरक्षण गरिसकेका छौँ । गाउँपालिकाभित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर आर्थिक पक्षसँग जोडेर लैजाने हाम्रो लक्ष्य छ ।”

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६