जीवनशैली

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर



तुलसीपुर (दाङ), ३० भदौः

दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् ।

तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहर भएपछि यो अभियान थालेको बताउनुभयो । “उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहर उठेको छैन”, वलीले भन्नुभयो, “फोहर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौँ ।” उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म आफूहरूले यो अभियान थाल्ने वलीको भनाइ छ । उपमहानगरपालिकासँग समन्वय गरेर यो कार्य गरिएको उहाँको भनाइ छ ।  दुई कर्मचारी राखेर यसरी फोहर उठाउन थालिएको हो । 

समाजलाई अफ्ठेरो पर्दा युवाले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको उहाँको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा उपमहानगरपालिकाको फोहर फाल्ने गाडीसमेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजारभित्रको फोहर उठ्न सकेको थिएन । 

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६