ब्रेकिंग न्युज

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित



भैरहवा (रूपन्देही), ३० भदौः

भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।

विशेषगरी भैरहवाका वडा नं ३ को खजहना, वडा नं ६ को भैया टोल र बैङ्करोड क्षेत्रमा पानी जमेको छ । सडकहरू पानी भरिँदा पैदल यात्रु र सवारीसाधन दुवैलाई समस्या भएको छ । स्थानीय बासिन्दाका घर र पसलमा पनि पानी पसेको छ ।

सहरको महत्वपूर्ण मानिने भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालसम्म पुग्न र त्यहाँभित्र आवतजावत गर्न असहज भएको छ । यसैगरी हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा समेत पानी जमेको छ । जसले गर्दा यात्रुहरूलाई केही असुविधा भएको छ ।

भारी वर्षाका कारण सडक यातायात पनि प्रभावित भएको छ । भैरहवामा रहेका कुलोहरू नयाँ बनाउने नाममा साँघुरो पारेको, समयमा त्यसको सरसफाइ नगरेका कारण यस्तो समस्या वर्षेनि आउने गरेको डुबान पीडित स्थानीय अजय गुप्ताको भनाइ छ ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६