ब्रेकिंग न्युज

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल



काठमाडौँ, ३० भदौः

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज पदबहालीपश्चात् सञ्चारकर्मीसँग उहाँले निष्पक्ष निर्वाचन गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको स्पष्ट पार्नुभयो ।

मन्त्री अर्यालले निर्वाचनसँगै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । 

“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था आयो । अब जनविद्रोहमा सफल हुने पनि त्यसको पूर्ण रूपमा पुष्टि निर्वाचनबाट गर्नुपर्नेछ ।”

आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएका सम्बन्धमा सरकारले छानबिन गर्ने मन्त्री अर्यालले बताउनुभयो ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६