जीवनशैली

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता



कञ्चनपुर, ३० भदौ

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १६९ जना रहेका छन् । 

“कारागारबाट बाहिरिएकामध्ये केही कैदीबन्दीहरू सम्पर्कमा रहेका छन्,” निमित्त प्रशासक जोशीले भन्नुभयो, “तीन दिनभित्र कारागारमा फिर्ता आउने अश्वासन दिएका छन्, सम्पर्कमा नआएका कैदीबन्दीको खोजीका लागि प्रहरीले खोजतलासको कार्य गरिरहेका छन् ।” 

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६