ब्रेकिंग न्युज

महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण



काठमाडौँ, ३० भदौः

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । नेपालको इतिहासमा उहाँ पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति पौडेलले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । यसअघि, महान्यायाधिवक्ता रमेश बडाल हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता हुनुभएको हो । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । यसअघि उहाँ सूचना आयुक्तसमेत रहिसक्नुभएको छ ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६