जीवनशैली

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु



दाङ, १ असोजः

जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार  विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टबाट  क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई उपचारका लागि सिफारिस गर्ने र तत्काल नगरी नहुने कामलाई सुरुवात गरिएको हो ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उपमहानगरपालिकाको दुईवटै भवन सरसफाइ गरिएको छ । भवनको प्राविधिकबाट परीक्षण भइरहेकाले  अहिले नै बस्न मिल्ने नगरप्रमुख खड्का बताउनुहुन्छ । 

नगरप्रमुख खड्काले भन्नुभयो, “यदि प्राविधिक मूल्याङ्कनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्नतर्फ लाग्ने छौँ ।” पालिकाले निर्माण गरेको अर्को नौतले व्यापारिक भवनका भने सिसा मात्र फुटेको छ । तर सो भवन ठेकेदारले पालिकालाई अझै हस्तान्तरण नगरेको नगरप्रमुख खड्काले बताउनुभयो । सम्झौताभन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोहीअनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दाबी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाइ छ । 

भवन हस्तारण भए लगत्तै त्यहाँबाट अस्थायी रुपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाइ छ । पालिकाका एउटा नयाँ भवन र अर्को पुरानो भवन गरी दुईवटै जलेर नष्ट छन् । व्यापारी भवनको लागि निर्माण गरिएको नौ तहले भवनका सिसा तथा शौचालय तोडफोड गरिएको छ ।

उपमहानगरपालिकाका दमकलसहित २० वटाभन्दा बढि सवारीसाधन जलेर नष्ट छन् । फिल्डमा गएका केही सवारीसाधनबाहेक सबै सवारी जलेर नष्ट भएका हुन् । 

प्रकाशित : १ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६