कपिलवस्तु, आश्विन १
‘जेनजी पुस्ताको भाद्र २३ र २४ गरेको प्रदर्शनका क्रममा भएका अवाञ्छित कार्यको भत्सर्ना गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालद्धाराद्धारा जारी विज्ञप्तीमा आन्दोलनका नाममा दुषित मनोवृत्तिका ब्यक्ति वा समूहको घुषपैठका कारण सार्वजनिक, नीजि सम्पत्तिको तोड फोड, आगजनी जस्ता कार्यले निकै दःुखि बनाएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा देशका प्रमुख स्थान, बाणगंगा नगरपालिकाका प्रशासनिक भवन तथा नीजि सम्पत्तिमाथिको तोड, फोड, आगजनि जस्ता कार्यको निन्दा एवम् भर्सना गर्दछौं भनिएको छ । विज्ञप्तीमा यस्ता गतिविधीमा संलग्न जो कोहीलाई कानूनी कार्वाहीको जोडदार माग गदै क्षतिपूर्ति भराउन र आगामी दिनमा त्यस्ता गतिविधी दोहोरिन नदिन सम्बन्धित निकायसंग माग गर्दछौं भनिएको छ ।
आन्दोलनका आडमा त्यस्ता कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन नगरपालिका प्रतिवद्ध रहेको जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्ता अराजक गतिविधीमा संलग्नको फुटेज, तस्विर अन्य प्रमाण भएमा नगरपालिका, नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन आम नगरबासीसंग आग्रह गर्दछा्रैं भनिएको छ । जारी विज्ञप्तीमा सार्वजनिक संरचान, सम्पदाको तोड फोड, नगरपालिकाका कर्मचारी, पदाधिकारी प्रति गरिएको अमानविय र हिंसात्मक कार्यले कुनै ब्यक्ति, समुह र सिंगो समुदायलाई फाइदा नपुग्ने भनिएको छ । जारी विज्ञप्तीमा त्यस्ता हिंसात्मक कार्यले भावि पुस्तामा समेत नकारात्मक छाँप पर्ने र त्यस्ता गतिविधीले सामाजिक, सांस्कृतिक मूल्य मान्यताहरुलाई गंभिर रुपमा दीर्घकालिन असर पर्ने र समग्र विकासमा समेत नकारात्मक प्रभाव पर्ने हुदा त्यस्ता अवाञ्छित गतिविधीलाई निरुत्साहित पार्दै सामाजिक , एकता, सद्भावमा जोड दिदै आम नागरिकको जीवन यापन सामान्यकरण तर्फ लैजान सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछौं विज्ञप्तीमा भनिएको छ।








प्रतिक्रिया