कपिलवस्तु, आश्विन २ गते
बाणगंगा नगरपालिकाको आकस्मिक बैठकले हालै भएको जेनजी पुस्ताको आन्दोलनप्रति गम्भीर समीक्षा गर्दै दुःख प्रकट गरेको छ।
नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा बसेको बैठकले जटिल परिस्थितिमा सबैलाई संयमित र धैर्य रहन आग्रह गर्दै स्थिति सामान्यीकरणतर्फ लैजान सबै पक्षलाई अपिल गरेको छ।

त्यसैगरी, बैठकले आश्विन ३ गते संविधान दिवस औपचारिक रुपमा मनाउने निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो।








प्रतिक्रिया