अर्थ-वाणिज्य

पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द



चितवन, २ असोजः

यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरूमा पर्यटकले धमाधम बुकिङ रद्ध गरेका छन् । पर्यटकीय याममा समेत पर्यटकले बुकिङ् रद्द गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुँदा अधिकांश होटलका बुकिङ रद्द भएको जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले सेप्टेम्बरका लागि बुकिङ भएका होटल शत प्रतिशत रद्द भएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी महिनाहरूका लागि भएका बुकिङ पनि रद्द भइरहेको छ । 

“यो महिनामा ६५ देखि ७० प्रतिशत होटलका कोठा बुकिङ् भएका थिए”, उहाँले भन्नुभयो “अहिले एक÷दुई वटा कोठामा मात्र पर्यटक छन् ।” 

देशभर आन्दोलन चलिरहँदा पनि सौराहाका होटलहरूमा पर्यटक राम्रै सङ्ख्यामा थिए । तर उनीहरू गएपछि थप पर्यटक आएनन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भएकाले ट्राभल एजेन्सीमार्फत पर्यटकले सुरक्षित हुन नसकिने भन्दै दैनिक एक सय हाराहारीमा इमेल र म्यासेज पठाइरहेको बताउनुभयो । 

उहाँका अनुसार अहिले सौराहामा होटलको क्षमताको तुलनामा पाँच प्रतिशत पनि पर्यटक छैनन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि पर्यटक सौराहा आउने गर्दछन् । यो निकुञ्ज जङ्गल सफारीका लागि विश्वमै परिचित छ ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६