जीवनशैली

राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेश



काठामाडौँ, २ असोज

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गर्नुभएको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६