ब्रेकिंग न्युज

‘नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल’



अत्तरिया (कैलाली), ३ असोज
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।‘संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२’ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “नेपाली जनताले पटकपटक गर्दै आएका सङ्घर्ष र बलिदानको प्रतिफलस्वरुप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप आज हामी संविधान दिवस मनाइरहेका छौँ ।”त्यस्तै, उहाँले यस ऐतिहासिक दिवसले यस प्रदेशमा पनि दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।“यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ, “यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६