जीवनशैली

नेपालको संविधान विश्वकै उत्कृष्ट : नेता अत्तर कमाल



कपिलवस्तु, असोज ३

संविधान दिवसको अवसरमा नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य अत्तर कमाल मुसलवानले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनुभएको छ ।

विशिष्ट अतिथीको आसनबाट सम्बोधन गर्दै उहाँले पार्टीका नेताहरुमा कमजोरी देखिन सक्ने तर देशलाई नै वरबादी हुने गरी काम नगरेको तर्क गर्नुभयो । “नेतालाई सच्चाउन सकिन्छ, तर नेताको कमजोरी देखाएर संविधानमाथि आक्रमण गर्नु स्वीकार्य हुँदैन,” कमालले भन्नुभयो ।

उहाँले व्यक्तिगत रिस–इवीका कारण जनप्रतिनिधिमाथि आरोप लगाउने प्रवृत्ति देखिएको उल्लेख गर्नुभयो । पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धाले अराजकता बढेको दाबी पनि गर्नुभयो ।

संविधान दिवसको अवसरमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाणगंगाद्वारा कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संयुक्त कार्यक्रममा नेता कमालले यस्तो धारणा राख्नुभएको हो ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६