अन्तर्राष्ट्रिय

गाजा सहरमा आक्रमण जारी , महिला र बालबालिका सङ्कटमा



संयुक्त राष्ट्रसङ्घ, ४ असोज (रासस, सिन्ह्वा)

गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् ।

ओछाले दिएको जानकारी अनुसार, आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी, न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ ।

“हामीका सहकर्मीहरूले रातभरि हिंडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका छन्,” ओछाले उल्लेख गरेको छ । “अल–राशिद सडकमा गाडी, टेम्पो र पैदलयात्रीहरूको अत्यधिक चाप छ । सबैजना सम्भावित जोखिमबाट बच्न दक्षिणतर्फ गइरहेका छन् ।”

यद्यपि इजरायली पक्षले सलाह अद–दिन सडक प्रयोग गर्न आग्रह गरेको थियो, सो सडक हाल सवारीसाधनका लागि चलायमान नरहेको जानकारी प्राप्त भएको छ । अल–राशिद सडक नै अहिले खुला मार्गको रूपमा प्रयोग भइरहेको छ । खान युनिस क्षेत्रमा ओछा नेतृत्वको टोलीले विस्थापित परिवारहरूको अवस्था बुझ्दा उनीहरूलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ । गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ ।

संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गर्दै बिहीबार गाजा सहरमा कुपोषित बालबालिकाका लागि ल्याइएको विशेष पोषण सामग्री लुटिएको थियो । ती सामग्रीले झन्डै दुई हजार ७०० बालबालिकालाई उपचारमा सहयोग पुग्थ्यो । युनिसेफले यस्तो दुर्भाग्यपूर्ण घटनाबाट गम्भीर पीडा भएको जनाउँदै, दीर्घकालीन युद्धविराम अत्यावश्यक भएको स्पष्ट पारेको छ ।ओछाले थप जानकारी दिँदै उत्तरतर्फ पुग्ने एकमात्र मार्ग ‘जिकिम नाका’ बन्द रहेको भनेको छ । गाजा सहरमा इन्धन पु¥याउने प्रयास अनुमति नपाएर रोकिएको थियो भने पछि बाटोमा अत्यधिक भीडका कारण सहयोग पु¥याउने गाडीहरू निर्धारित स्थानमा पुग्न सकेनन् ।संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई आह्वान गर्दैसर्वसाधारण नागरिकहरूलाई सुरक्षित रूपमा विस्थापित हुन दिनुपर्ने भनेको छ र अवस्था सामान्य भएपछि उनीहरूलाई पुनः आफ्ना घर फर्कन पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।

प्रकाशित : ४ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६