जीवनशैली

नयाँबसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण



काठमाडौँ, ४ असोजः

गोँगबुस्थित नयाँबसपार्कमा चाडपर्वमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ महानगरपालिकाले यात्रु सहायताकक्षबाटै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्यजाँच सुरु गरेको जानकारी दिनुभयो । महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको सिअहेव नेगीले बताउनुभयो । उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

उक्त कक्षको आज काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गर्नुभयो । नयाँबसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । उक्त प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुहरूलाई सहजै रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कमा चाडपर्वका लागि घर जाने यात्रुहरू बढेको बताउनुभयो । उहाँले अरू समयमा प्रत्येक दिन चारदेखि पाँच हजार यात्रु जाने गरेकामा हाल उक्त सङ्ख्या तेब्बरसम्म पुगेको बताउनुभयो ।

प्रकाशित : ४ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६