कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ बाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय पिपराले २६ बर्षीया सिता भन्ने सकुन्तला मानन्धर र ३४ बर्षीय सन्तोष भन्ने नरबहादुर पुनलाई विहिबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असोज २ गते वाणगंगा नगरपालिका–८ ढोडेकोल क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको थियो। सोही क्रममा वर्ष २६ की सिता भन्ने सकुन्तला मानन्धर र वर्ष ३४ का सन्तोष भन्ने नरबहादुर पुनलाई प्रहरीले चेकजाँच गरेको हो।
जाँचका क्रममा सकुन्तला मानन्धरको सुन राख्ने सानो बट्टामा लुकाइएको अवस्थामा प्लास्टिकको पुरिया भित्र १ ग्राम २३० मिलिग्राम तौल भएको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। साथै, लु ४१ प ३०२५ नम्बरको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।








प्रतिक्रिया