अर्थ-वाणिज्य

अर्थतन्त्रको पुनरोत्थानका लागि सहकार्य गर्न महासङ्घको आग्रह



काठमाडौँ, ५ असोजः

अर्थतन्त्रको पुनःनिर्माण र पुनरोत्थानका लागि निजीक्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । आज प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि सरकारबाट आवश्यक सहयोग र सुरक्षाको अपेक्षा गरेको बताउनुभयो । महासङ्घ र अन्तरराष्ट्रिय वित्त निगमले गरेको अध्ययनअनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छभने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।

साथै अध्यक्ष ढकालले व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले महासङ्घमार्फत देशैभरको क्षति विवरण सङ्कलन गरिरहेको र हालसम्म उपलब्ध तथ्याङ्कअनुसार करिब रु ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको जानकारी गराउनुभयो ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६