खोज–अनुसन्धान

राष्ट्रिय अनुसन्धान विभागको मुख्य निर्देशकमा कार्की नियुक्त



कर्णाली, ५ असोजः

राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको जिम्मेवारीमा रहनुभएका कार्कीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्नुभएको हो । निर्देशक कार्की चन्दननाथ नगरपालिका–५ जुम्ला निवासी हुनुहुन्छ ।

मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको तीन वर्षे पदावधि यही गत भदौ २८ गते पुरा भएर अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो । नवनियुक्त प्रमुख कार्की विसं २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गर्नुभएको हो ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६