अर्थ-वाणिज्य

तीन सय क्वीन्टल खाद्यान्न फिर्ता



सिरहा, ६ असोजः

जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३०० क्वीन्टल चामल र चिनी फिर्ता भएको छ ।लहा न नगरपालिका–१ स्थित सो गोदाममा भदौ २४ गते भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो । कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्वीन्टल ४३ किलो चामल र सात क्वीन्टल ८४ किलो चिनी फिर्ता भएको छ ।

खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारले फिर्ता गरिएका खाद्यान्न इलाका प्रशासन कार्यालय, इलाका प्रहरी तथा स्थानीय युवाको सहयोगमा सङ्कलन गरिएको जानकारी दिनुभयो । त्यसैगरी स्टिल दराज छ थान, सोफा दुई थान, काठको खाट एक थान, कुर्सी दुई थान, घुम्ने कुर्सी एक थान र त्रिपाल एक थान सामग्री पनि फिर्ता भएको उहाँले जानकारी दिनुभयो ।
चार वटा गोदामबाट लुटिएको सम्पूर्ण सामग्रीमध्ये आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा रहेका थिए, जसको अनुमानित मूल्य करिब १० करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको प्रमुख सुनारले बताउनुभयो ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६