जीवनशैली

एमाले जिल्ला सचिवालयले भन्र्यो जेनजीका माग प्रति गंभिर छौं



कपिलवस्तु आश्विन ०६ गते

नेकपा (एमले) जिल्ला सचिवालय वैठकमा बोल्ने अधिकाशं सहभागिले वर्तमान राजनैतिक अवस्था र जेनजी आन्दोलनको समिक्षा गर्दै राजनैतिक दल समय सापेक्ष रुपान्तरण आवश्यक रहेको निश्कर्षमा पुगेका छन् । वैठकमा बोल्ने अधिकांश जिल्ला स्तरका नेताहरुले जेनजी आन्दोलनका क्रममा उठेका शुसासन, भष्ट्रचार, शासकिय संरचनाको पुर्नसंरचना, निर्वाचन प्रणाली जस्ता विषयमा जेनजीका माग प्रति पार्टीले ठोस धारणा बनाउनु पर्नेमा जोड दिएको छ ।
वैठकमा नेपाली सेनाको भूमिका प्रति प्रश्न उठाइएको छ । सोही वैठकमा आगजानी, तोड फोडमा संलग्नलाई कानूनी कार्वाही गर्नु पर्ने, वैठकले शुसिला कार्की सरकारले घटनाको छानविन गर्नुपर्ने माग गरेको छ ।
वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री बलराम अधिकारी, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पंथीले मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रममा एमाले नेता बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, एमाले नेता नेत्रराज अधिकारी, विश्राम प्रसाद थारु , एमाले नेता विजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापा, एमाले नेता शिवराज नगर उपप्रमुख शिवरानी चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला सचिवालय वैठक जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तब्य र सचिव सिवि गहतराजको संचालनमा जिल्लाको बाणगंगामा सम्पन्न भएको थियो ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६