काभ्रेपलाञ्चोक, ७ असोज
नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिनुभयो ।नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उहाँ दुर्घटनामा पर्नुभएको हो । गम्भीर घाइते उहाँ धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत हुनुहुन्थ्यो । तिमल्सिनाका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
७ आश्विन २०८२, मंगलबार








प्रतिक्रिया