ब्रेकिंग न्युज

लुम्बिनी प्रदेश . निरन्तर आगलागी गरिएका कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री



नेपालगन्ज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरिएका कार्यालयको निरीक्षण गरेका छन् ।

भदौ २४ गते बाँकेका दुई दर्जन कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए । ती कार्यालयको निरीक्षण गर्न मुख्यमन्त्री आचार्य बिहान बाँके आएका हुन् । उनले कोहलपुर नगरपालिकाको भवन निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै जनताको सेवा गर्ने कार्यालय तोडफोड गर्नु, जलाउने र लुटपाट गर्नु निन्दनीय कार्य भएको बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा दुई अर्ब बढीको भौतिक क्षति भएको जानकारी दिँदै धेरै कार्यालयबाट सेवा दिन कठिनाइ भइरहेको बताए ।

उनले टेन्ट टाँगेर भए पनि जनतालाई सेवा दिन थालिएको बताए । मुख्यमन्त्री आचार्यले स्रोत जुटाएर क्षति भएका कार्यालयको पुनर्निर्माण गर्ने बताए । उनले आन्दोलनको नाममा कागजात र लगत जलाएर जनतालाई दुःख दिने काम भएको बताए ।

मुख्यमन्त्री आचार्यको अपरान्ह ४ बजेसम्म बाँकेमा रहने तालिका रहेको छ । उनले क्षति पुगेका सबै सरकारी कार्यालय, पार्टी कार्यालयको निरीक्षण गर्ने बताइएको छ ।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६