देश

अत्यावश्वक सेवा रोकिँदैनः मुख्यमन्त्री आचार्य



राँझा (बाँके), ७ असोजः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरूबाट अत्यावश्यक सेवा नरोकिने बताउनुभएको छ । आज बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा उहाँले कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोग गरिरहेको बताउनुभयो । “जेनजी प्रदर्शनका क्रममा बाँकेका सरकारी संरचना ध्वस्त छन्”, उहाँले भन्नुभयो ।”
प्रदर्शनका क्रममा प्रदेशमा करिब दुई खर्ब बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र पाल टाँगेर भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६