अन्तर्राष्ट्रिय

झापामा अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने



झापा, ७ असोज

शिवसताक्षी नगरपालिकामा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा बिजेता टोलीलाई रु १० लाख नगद पुरस्कार प्रदान गरिने गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनुभयो । उहाँले महिला फुटबल प्रतियोगिताको इतिहासमा यो पुरस्कार नेपालमै सर्वाधिक राशिको भएको दाबी गर्नुभयो । प्रतियोगिताको उपविजेतालाई नगद रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही नगद रु २५ हजार पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रु १५ हजार र ट्रफी प्रदान गरिनेछ । 

प्रतियोगितामा नेपाल, भारत र भूटानका आठ वटा महिला फुटबल टोलीको सहभागिता रहने जनाइएको छ । नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुङ्गो लागि सकेको उहाँले बताउनुभयो । भारतको एउटा टोली र भूटानको अर्को टोलीले प्रतियोगितामा भाग लिनेछन् भने नेपालका ए डिभिजनका तीन वटा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । महिला खेलाडीलाई प्रोत्साहन गर्दै महिला खेलाडी उत्पादनमा टेवा पु¥याउने र उनीहरुका लागि निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउन पहल गर्ने आयोजकको उद्देश्य रहेको छ ।

प्रकाशित : ८ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६