खोज–अनुसन्धान

सेवा विस्तार गर्दै जिपी कोइराला अस्पताल



दमौली (तनहुँ), १० असोज

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इन्डोस्कोपी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त उपकरण जडान गरी परीक्षण सफल भएपछि केही दिनयता सेवा प्रवाह भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा राम श्रेष्ठले जानकारी दिनुभयो ।

मणिपाल शिक्षण अस्पताल पोखराका ग्याष्ट्रोलोजिष्ट डा शङ्कर बराल र केन्द्रका जनरल सर्जन डा सविनकुमार घिमिरेको समूहले बिरामीको परीक्षण गरी सेवा सञ्चालनमा ल्याउनुभएको हो । अब नियमित रूपमा उक्त सेवा सञ्चालन गरिने निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सेवा नहुँदा यस भेगका जनता पोखरा जानुपर्ने बाध्यता थियो । अब पेटसम्बन्धी समस्याको उपचार यहीबाट प्रदान हुनेछ ।”

केन्द्रमा अन्य सेवा थप गर्दै लैजाने रणनीतिअनुसार गत भदौ १० गतेदेखि विद्युतीय चिकित्सा प्रणालीसमेत सुरु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि टिकट, बिलिङ, रिपोर्ट, औषधिलगायत विवरण अनलाइन प्रणालीमार्फत जानकारी लिन सहज भइरहेको डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्स–रे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्सरे र प्रयोगशालाको रिपोर्ट सिधैँ चिकित्सकले हेर्न पाउँछन् ।”

प्रकाशित : १० आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६