अर्थ-वाणिज्य

गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना



दोधारा चाँदनी (कञ्चनपुर), १० असोज (रासस)

नेपाल प्रहरीले भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचमा कडाइ गरेको छ । यसका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत आजदेखि नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो । खुलासीमा नाकाबाट चाडपर्वका बेला लागूऔषध र विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले प्रहरी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । “‘शेरा’ र ‘लैला’ नामक दुई तालिम प्राप्त कुकुर नाकामा परिचालन गरिएको छ ।” उहाँले भन्नुभयो,“ ‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ले लागुऔषध पत्ता लगाउँछ ।” दसैं मनाउन घर फर्किरहेकाको भीड बढिरहेका बेला अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले सीमा नाकासँगै बसपार्क लगायतका अन्य क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारेको छ । भारतबाट नेपाल फर्किने यात्रुहरुको सहायताका लागि नाका र बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । प्रहरीले राजमार्ग क्षेत्रमा जाँच बढाएको छ भने बजार क्षेत्रमा समेत थप प्रहरी परिचालन गरेको छ । दसैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर प्रहरीले जिल्लामा गस्ति बढाएको छ ।

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६