अर्थ-वाणिज्य

घरेलु कार्यालयद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी



भोजपुर, ११ असोजः

भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ । सेवाग्राहीलाई सजजता थप्नको लागि गत साउन १ गतेबाट अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालय प्रमुख रमेश ढकालले जानकारी दिनुभयो ।

सेवाग्राहीलाई विभिन्न काम गर्ने क्रममा कुनै समस्या नहोस् भन्नको लागि क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था रहेको कार्यालयको भनाइ छ । कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ । स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्व–रोजगार बन्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६