खोज–अनुसन्धान

‘सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिऔँ’



काठमाडौँ, १० असोजः

असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउन सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन सरकारले आग्रह गरेको छ ।

आज ११औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित गर्भपतनका लागि देशभर दुई हजार ८२७ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको समेत जनाएको छ । 

मन्त्रालयले महिलाको प्रजनन स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न सुरक्षित गर्भपतन सेवामा लक्षित वर्गको सहज पहुँच, गुणस्तरीय सेवा र यसको स्वीकार्यता देशभर बिस्तार गर्न प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’ भन्ने नारासहित देशभर यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदै छ । स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी र सरोकार भएकाहरूले महिलाको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको गर्भपतन सेवामा अझै पनि संरचनागत कमजोरी, कानुनी अष्पष्टता र सामाजिक लाञ्छनाले चुनौती सिर्जना गरिरहेको बताएका छन् । सुरक्षित गर्भपनपछि परिवार नियोजन साधनका नियमित आपूर्ति सुनिश्चित गर्न पनि जोड दिँदै आइएको छ ।

नेपालमा विसं २०५९ असोज १० गते मुलुकी ऐनको ११औँ संशोधनमार्फत गर्भपतनलाई कानुनी मान्यता दिइएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । महिलाको मन्जुरी र स्वनिर्णयमा सुरक्षित गर्भपन सेवा उपलब्ध छ । सामान्य अवस्थामा गर्भवतीको मन्जुरीमा १२ हप्ता र विशेष अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने अधिकारको व्यवस्था छ । 

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६