अर्थ-वाणिज्य

बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार



भैरहवा (रुपन्देही), ११ असोज

कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार भएको छ । गत बिहीबारसम्मको तथ्याङ्कअनुसार यो वर्ष ५८ देशका ६३ हजार सात सय ९३ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका छन् । नौ महिनाको तथ्याङ्क प्रस्तुत गर्दै अध्यागमन कार्यालयका अधिकृत वासुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका निम्ति नेपाल आउने गरेका बताउनुभयो ।

यो अवधिमा श्रीलङ्काबाट १९ हजार ८३५ जना, थाइल्याण्डः १२ हजार ३४५ जना, म्यान्माबाट नौ हजार दुई २७८ जना, भियतनामका चार हजार १८८ जना र दक्षिण कोरिया दुई हजार २४ जना नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीले सुस्त भएको पर्यटक आगमन महामारी साम्य भएसँगै क्रमशः सुधारोन्मुख छ । सन् २०२२ मा २० हजार दुई सय २० जना पर्यटक आएका थिए भने सन् २०२३ मा ८१ हजार तथा २०२४ मा यो सङ्ख्या बढेर ९२ हजार ६४४ पुगेको थियो । यसैबीच, अध्यागमन अधिकृत वासुदेव पौडेलले कर्मचारीे अभाव कार्यालयको मुख्य चुनौती बनेको तथा १२ जनाको दरबन्दी रहेको कार्यालयमा पाँच जना मात्र रहेका गुनासो गर्नुभयो ।

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६