ब्रेकिंग न्युज

दसैँ नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो



भोजपुर, १२ असोज
दसैँ नजिकिएसँगै यहाँको बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ । केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ । गाउँगाउँबाट दसैँका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन् ।

बजारमा चहलपहल बढेसँगै पसल व्यवसायी पनि व्यस्त भएका छन् । व्यापारीले दसैँलक्षित छुट योजना, नयाँ सामानको भण्डारण र सजावट गरेर ग्राहक आकर्षित गर्ने प्रयास गरेका छन् । दसैँका लागि आवश्यक पर्ने चामल, मासु, मसला, कपडा तथा मिठाइका पसलमा विशेष भीड देखिएको छ ।

यससँगै घर फर्कनेहरूको आवतजावत पनि बढेको छ । लामो समयदेखि रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका मानिसहरू आफ्ना परिवारसँग दसैँ मनाउन घर फर्कन थालेका छन् । सार्वजनिक यातायातमा यात्रु चाप बढेको छभने टिकट अभाव हुने अवस्थासमेत देखिन थालेको छ ।

स्थानीयवासीले दसैँले आपसी भेटघाट, मेलमिलाप र खुसीको माहोल ल्याउने भएकाले बजारमा चहलपहल बढ्नु स्वाभाविक भएको बताएका छन् । भोजपुर सदरमुकामसँगै टक्सार, दिङला, हतुवागढीलगायतका स्थानीय बजारमा पनि हाल चहलपहल बढेको देखिन्छ । दसैँको नजिकिँदै गर्दा गाउँटोलमा पिङ बनाउने, घरसफाइ गर्ने र नयाँ कपडा खरिद गर्ने क्रमले पनि उत्सवको रौनक थपेको छ ।

प्रकाशित : १२ आश्विन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६