जीवनशैली

युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउने



खोटाङ, १२ असोज

जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । सो अभियान अन्तर्गत कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्किन निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको हो ।

दसैँका अवसरमा यही असोज १६ देखि १९ गतेसम्म तथा तिहारका अवसरमा आगामी कात्तिक ५ देखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभयो । “गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । त्यतिबेला ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उहाँले भन्नुभयो, “यसवर्ष अभियानको दोस्रो संस्करण हो । यसमा हाम्रो कुनै स्वार्थ छैन । नितान्त मानवीय सेवाभावले गर्न लागिएको हो ।”

यस वर्षका लागि  अभियानमा हालसम्म २५ युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी नाम दर्ता गराइसकेको जनाइएको छ । मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले जनाएको छ । 

अभियानअन्तर्गत सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ । स्वयंसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र हुनुपर्ने छ ।  

प्रकाशित : १३ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६