खोज–अनुसन्धान

जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने



जुम्ला, १३ असोजः

यहाँको गुठिचौर गााउँपालिका–२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर–२ को आर्थिक सहयोग, कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा यही असोज १३ गते फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुन लागेको हो ।

यहाँका घोडाको संरक्षण गर्नुका साथै पहिचान स्थापित गरी पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले पर्यटकीय क्षेत्र गुठिचौरमा तेस्रो पटक जुम्ली घोडाको प्रतियोगिता हुने गुठीचौर गाउँपालिका–२ का वडाध्यक्ष दिपबहादुर ऐडीले जानकारी दिनुभयो । दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलार्ई रु १० हजार र तेस्रोलाई रु पाँच हजार राशि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुने घोडाको सङ्ख्या सोही निर्धारण गरिने उहाँले बताउनुभयो ।

वडाध्यक्ष ऐडीका अनुसार अहिले दर्ताका लागि सूचना जारी गरिएको छ । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त दौड आयोजना गरिएको उहाँको भनाइ छ । “घोडा दौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । हरेक वर्ष दसैँको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता हुँदै आएको थियो । विमानस्थल कालोपत्र भएयता घोडा दौड प्रतियोगिता गुठीचौरमा सञ्चालन हुँदै आएको गुठिचौर युवा क्लबले जनाएको छ । 

प्रकाशित : १३ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६