खेलकुद

कराते टोली मलेसिया जाने



काठमाडौँ, १३ असोजः

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली मलेसियाको क्वालालम्पुर जाने भएको छ । मलेसिया कराते महासङ्घको आयोजनामा यही असोज १७ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगरले ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । 

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । नेपाली टोली बुधबार मलेसिया जानेछन् ।

प्रकाशित : १३ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६