ब्रेकिंग न्युज

तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरको पुनःनिर्माण सुरु



१३ असोजः सांस्कृतिक,
धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरको पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले रु १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरको पुनःनिर्माण सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको जानकारी दिनुभयो । उक्त मन्दिर, हिन्दू–बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको उहाँले बताउनुभयो ।

विसं २०७२ को भूकम्पमा पुनःनिर्माण गर्नुपर्ने उक्त मन्दिर विभिन्न कारणबस १० वर्ष लागेको थियो । आव २०८०÷८१ को बजेटमा विनियोजन भएपछि विसं २०८१ असार १९ गतेदेखि उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको हो । रु १० करोड पाँच लाख लागतमा पुनःनिर्माण हुन लागेको मन्दिर विसं २०८४ असार १९ गते सम्पन्न हुनेछ । 

मन्दिर ५८३ दशमलव ८१ वर्गमिटरमा फैलिएको छ । मन्दिर पुनःनिर्माणपछि भूइँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल, परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहने छ । महानगरप्रमुख शाहले उक्त मन्दिर पुनःनिर्माण मात्र नभएर संस्कृतिको पुनःजागरणसमेत भएको बताउनुभयो ।

प्रकाशित : १३ आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६