अर्थ-वाणिज्य

त्रासमा गाउँ–बस्ती, चोरी नियन्त्रणमा जुटे स्थानीय



कपिलवस्तु, बाणगंगा नपा–६ अमौली

जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दीहरुको गतिविधि बढेसँगै गाउँ–बस्तीमा चोरीका घटना तीव्र भएको स्थानीयले बताएका छन् । चोरी बढेसँगै सर्वसाधारण त्रासमा परेका छन् ।

राति–बेलुकी घरमा ढुक्कसँग बस्न नसकिने अवस्था आएपछि स्थानीयवासी आफैं सुरक्षा व्यवस्थामा जुटेका छन् । गाउँका युवाहरु पालैपालो गस्ती गर्ने, टोल–टोलमा सर्तक समिति गठन गर्ने कार्यलाई अघि बढाइएको छ ।

स्थानीयवासीका अनुसार, विगत केही दिनयता घर र पसलबाट सामान हराउने तथा नगद चोरी हुने घटनामा वृद्धि भएको छ । यसले सर्वसाधारणलाई थप भयमा पारिरहेको छ ।

प्रहरीका अनुसार, जेल तोडफोडपछि फरार भएका कैदीमध्ये केहीलाई नियन्त्रणमा लिन सकिएको छ तर अझै धेरै जना फरार रहेका कारण सुरक्षा चुनौती बढेको छ । चोरी नियन्त्रणका लागि प्रहरी गस्ती बढाइने र स्थानीयसँग सहकार्य गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १६ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६